झापा । झपाको दमकमा निषेधाज्ञा लगाउने तयारी गरेको छ । आज बेलुका ४ बजेदेखि १५ दिनसम्म निषेधाज्ञा जारी गर्न सिफारिस भएको हो । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बिहानदेखि बेलुका ४ बजेसम्म दैनिक उपयोग्य बस्तु विक्रि वितरण खुल्ला हुने बताए । ४ बजेपछि निषेधाज्ञामा कडाइ गरिने छ । तिम्सिनाका अनुसार यस पटक कडाइका साथ कार्यान्वयन गरिनेछ । मंगलबार बिहान राजनीतिक दलसँग भएको छलफलमा निषेधाज्ञा र लकडाउन भन्ने विषयमा बहस भएको थियोे । अन्ततः नगरपालिकाले निषेधाज्ञाका लागि सिफारिस गरेको तिम्सिनाले जनाए । दमकमा ४२८ जनामा संक्रमण देखिएको छ भने १८ जनाको मृत्युु भएको छ । नगरपालिकाले गरेको सिफारिसका अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय