
उर्लाबारी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित संघका केन्द्रिय सदस्य भीमलाल गहतराजको अन्तेष्टी गरिएको छ ।
मृगौला रोगबाट पीडित गहतराजको उर्लाबारी–४ निवासमा आज बिहान ५ बजे निधन भएको थियो । नेता गहतराजको स्थानीय बक्राहा खोलामा अन्तेष्टी गरिएको नेपाली कांग्रेसका स्थानीय नेता सर्वजित भण्डारीले जानकारी दिए । नेपाली कांग्रेस उर्लाबारी नगरसभापति बीरबल थापाले पार्टीको झण्डा ओढाएका थिए ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोले नेता गहतराजको असामयिक निधनप्रति दुःख ब्यक्त गरे ।