झापा । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् ।
गत बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । यस बिषयमा चौधरीकी श्रीमतिले दोषीलाई हदैसम्म कार्वाही गर्न माग गरेकी छिन् । एक जनाले मात्र हत्या नगरेको उनको दाबी छ । यसैबीच हत्याको अभियोग लागेका परिवारले पनि एक्लैले घटना नगरेको दाबी गरेका छन् ।
थप भिडियो रिपोर्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय