
उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोसहित तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिका र वडा कार्यालय बन्द गरिएको छ ।
असोज २६ गतेदेखि नगरपालिका र वडा कार्यालयहरु बन्द गरिने जनाइएको छ । नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्का, सवारी चालक इन्द्र आपागाईमा कोरोना देखिएपछि कन्ट्रयाक्ट टे«सिङ गरी नमूना परिक्षणको रिपोर्ट नआउन्जेलसम्म कार्यालय पूर्ण रुपमा बन्द गरिने नगरपालिकाले जनाएको छ ।