झापा । झापाको कमल गाउँपालिका २ स्थित त्रिबेणी चोकमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्ल प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोईरालाका अनुसार आज दिउँसो स्थानीय रामजी थापाले आफ्नै श्रीमती २४ बर्षीया रिता थापालाई खुकुरी प्रहार गरि हत्या गरेका छन् । श्रीमानको खुकुरी प्रहारबाट रिताको घटनास्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीको टोलीले अभियुक्त थापालाई पक्राउ गरेको थियो । श्रीमानले किन श्रीमतीलाई खुकुरी प्रहार गरि हत्या गरे भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय