मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत उर्लाबारी–५ निवासी ४८ बर्षीय मुक्तिनाथ दाहालले आत्महत्याको विषयमा देखिएको विवाद साम्य भएपनि सहमति अनुसार अघि नबढेपछि विवाद बढ्ने देखिएको छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्याललाई पक्राउ गरी कानुनी कार्वाही र सो पदबाट हटाउने पहिलो बुँद्धामा सहमति बनेपछि परिवारले शव उठाएका थिए । तर, शव उठाएपछि पीडित परिवारले प्रहरीमा उजुरी दिँदासमेत लिन नमानेपछि पुनः पीडित तथा स्थानीयबासी आक्रोशित बनेका छन् । आज प्रतिष्ठानको कार्यालय उर्लाबारी–६ मा घेराउसहित तालाबन्दी गर्ने तयारी भइरहेको छ । दोषीलाई कानुनी कार्वाही गराउनका लागि जस्तोसुकै मुल्य चुकाउन पीडित पक्षको भनाई छ । झापाको दमक नगरपालिकाको ताराबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको स्वास्थ्य क्याम्पसमा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रबन्धक निर्देशक अर्याललाई पक्राउ गरी कार्वाही गर्ने, मृतक दाहालका दुई छोराको अध्ययनका लागि प्रबन्ध मिलाउने, मृतक पत्नीलाई प्रतिष्ठानमा स्थायी कर्मचारीको ब्यवस्थापन गर्नेलगायत सहमति पछि पीडित पक्ष अन्तेष्टीका लागि तयार बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय