
उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्यालले लासमाथी राजनीति गर्न खोजेको दाबी गरेका छन् ।
परिवारले अर्यालले मानसिक दबाब दिएका कारण प्रतिष्ठानमा कार्यरत उर्लाबारी–५ निवासी ४८ बर्षीय मुक्तिनाथ दाहालले आत्महत्या गरेको आरोप लागिरहेको अवस्थामा टेलिफोन सम्पर्कमा अचार्यले भने दाहालको आत्महत्यामा मेरो कुनै हात छैन । घटनाको बारेमा निष्पक्ष छानविन गर्नसमेत उनले माग गरेका छन् । उनले प्रतिष्ठानको विषयमा दाहालले आत्महत्या नगरेको पनि दाबी गरेका छन् । तर, परिवारले भने अर्यालकै कारण दाहालले आत्महत्या गर्नु परेको दाबी गर्दै आएको छ ।