उर्लाबारी । उर्लाबारी–३ को मंगलबारेमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान अन्र्तगतको बहुप्राविधीक शिक्षालय दमक –४ ताराबारीमा कार्यरत मुक्तीनाथ दाहालको आत्महत्या पश्चात शव व्यवस्थापनको बिषयलाई लिएर मंगलबार उर्लाबारी दिनभर तनावग्रस्त बनेको छ ।
मृतकका परिवारजन तथा स्थानियबाट आत्महत्या स्वेच्छीक नभई बाध्य परिएको भन्दै दोषीलाई कार्यवाहीको माग सहित दाहसंस्कार नगर्ने अडान लिए पछि बिहान १० बजे मलामी जान आएका छरछिमेकी तथा शुभेच्छुकहरु पनि प्रतिष्ठान व्यवस्थापन तथा प्रशासन प्रति आक्रोसित बनेका थिए । आक्रोसित स्थानियले समवेदना व्यक्त गर्न आएका प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बराललाई समेत हातपात गरेका थिए ।
अन्तत ः प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बराल, प्रदेश नं.–१ का सामाजिक बिकास मंन्त्री जिवन घिमिरे, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उपमेयर लक्ष्मीदेवी भण्डारी, प्रवक्ता भानुभक्त शर्मा पराजुली, नेकपाका मोरङ अध्यक्ष ऋषीकेश पोख्रेल सहितका अगुवाहरुको छलफलले स्थानिय र सरकारी तहमा उच्च स्तरिय छानविन समिति गठन गर्ने, प्रतिष्ठानका कार्यकारी निर्देशकलाई निलम्बन सहित कार्यवाही गर्ने, मृतकका श्रीमतीलाई एक तह पदोन्नती गरी स्थायी गर्ने, दुई छोराको ईच्छा अनुसारको शिक्षाको प्रवन्ध प्रतिष्ठानले गर्ने, मृतक प्रतिष्ठान प्रति अव जवाफदेहीता नहुनुपर्ने लगायतको सहमती बने पछि मात्र अपरान्ह ५ बजे शवको अन्तेष्टी परिवारले गरेका प्रतिष्ठानका सदस्य गोपालप्रसाद भट्टराईले बताएका छन ।

शिक्षालयको लेखा तथा प्रशासन शाखाको प्रमुख पदमा कार्यरत दाहालको शव शिक्षलयको कोठाको सिलीङमा भुण्डीएको अवस्थामा भेटीए पछि सोमबार पोष्टमार्डम गरी मंगलबार घर ल्याएको थियो ।
दाहालले आत्महत्या गर्नुको कारणका बिषयमा कुनै कारण नखुलेको र अनुसंन्धान शुरु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक दाहाल उक्त प्रतिष्ठान जननेता मदनकुमार भण्डारीको स्मृतिमा २०५२ सालमा भएको र उनि सोही समयवधी देखि नै कार्यरत कर्मचारी हुन । उर्लाबारीको डिबी मार्गका स्थायी बासीन्दा रहेका दाहालका श्रीमती शान्ता र दुई छोरा छन । दाहालको निधनले प्रतिष्ठानले लगनशिल र कर्तव्यनिष्ट कर्मचारी गुमाएकोमा दुख व्यक्त गरेको छ । दाहाल सबैका प्रिय पनि थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय