उर्लाबारी । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) का स्थानीय नेता उर्लाबारी–५ का ४६ बर्षीय मुक्तिनाथ दाहालको अन्तेष्टी आज विहान ९ः३० बजे गरिने भएको छ ।
हिजो आत्महत्या गरेका दाहालको आज स्थानीय बक्राहा खोलामा अन्तेष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत दाहाल झापाको दमक नगरपालिकाको ताराबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको स्वास्थ्य क्याम्पसमा झुण्डिएको अवस्थामा फेला परेका थिए । दाहालले डोरी फेनको हुकमा पासो लगाई आत्महत्या गरेका छन् । भुईमा चप्पल खेलेर टेबुलमा चढेर फेनको हुकमा पासो लगाइएको देखिन्छ । दाहालले आत्महत्या के कारण आत्महत्या गरेका हुन भन्ने बारेमा खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय दमकले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । दाहाल बिहान अफिस आएर नियमित काममा व्यस्त भएको थिए तर केही घन्टापछि पनि दाहाल नदेखिएपछि खोजी भएको थियो । खोजी गर्ने क्रममा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय