उर्लाबारी । बिश्व शान्ति दिवसको अवसरमा सोमबार उर्लाबारी–६ स्थित सिद्धेश्वर बाबा धामले आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन । सो बाबा धामका अध्यक्ष दुर्गाप्रसाद खतिवडाको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका वडा नं.–६ का वडाध्यक्ष चिन्तामणी पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त रक्तदान कार्यक्रममा १२ महिला सहित ५६ जनाले रक्तदान गरेका सचिव गजेन्द्र दंगालले बताएका छन । धाम परिसरमा भएको उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी रक्त संचय केन्द्र उर्लाबारीको प्राविधिक सहयोगमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय