
उर्लाबारी । मोरङको उर्लाबारीमा स्थायी लेखा नम्बर नविकरणका लागि घुम्ती शिबिर सञ्चालन भइरहेको छ ।
उर्लाबारी उद्योग बाणिज्य संघमा भदौं २८ गतेबाट सुरु भएको शिबिरमा हालसम्म ३ सय भन्दा बढी ब्यवसायीहरुले लेखा नम्बर नविकरण गरिसकेको संघका अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण संघले बैंकमार्फत हुने कर चुक्तानीसमेत शिबिरमै ब्यवस्था मिलाइएको अध्यक्ष खड्गीले बताउनुभयो । सिएमार्फत लेखा परिक्षणका लागि परामर्श सेवासमेत दिइरहेको उहाँको भनाई छ । असोज २ गतेसम्म सञ्चालन हुने उक्त शिबिर व्यवसायीहरुलाई स्थायी लेखा परिक्षणमा सहज होस् भन्ने हेतुले शिबिरको आयोजना गरिएको बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले जानकारी दिनुभयो । उर्लाबारी उद्योग बाणिज्य संघमा १ हजार ५ सय ब्यवसायीहरु आबद्ध रहेका छन् ।