
उर्लाबारी । लकडाउन हटाउने वा थप खुकुलो बनाउने विषयमा आज उर्लाबारी नगरपालिकामा बैठक हुँदैछ । आज दिउँसो १२ बजे बैठक बस्ने उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो ।
तत्कालका लागि लकडाउन हटाउनु पर्ने अधिंकाशको जोड छ । उर्लाबारीमा हालसम्म कोरोना नदेखिएकाले पनि अर्को सूचना नभएसम्मका लागि लकडाउन खुलाउन निर्णय हुन सक्छ । अहिले दिउँसो २ बजेसम्म मात्र बजार खोल्ने निर्णय रहेको छ ।