उर्लाबारी : मोरङको उर्लाबारीमा नेकपा वडा संगठन कमिटी ८ र ९ को संयुक्तरुपमा बसेको बैठकले साविक राजघाटलाई तीन वटा वडामा विभाजन गर्नुपर्छ भनि प्रस्ताव गर्ने गरेको छ ।
नेकपा वडा संगठन कमिटी अध्यक्षद्वय सुरेन्द्र शेर्मा र रुद्र लामिछानेको अध्यक्षतामा बैठक बसेको हो । साविक राजघाटको जनसंख्या र भौगोलिकका आकार ज्यादै ठुलो भएकोले भावि दिनमा सहज होस् भनि कमिटीले योे प्रस्ताव निर्णय लिएको संगठन कमिटीको भनाई छ । निर्णयको प्रतिलिपि नेकपा नगर कमिटी, नेकपाका कार्यपालिका सदस्यहरुलाई पेशगरी आउँदो हिउदे अधिवेशनमा यस विषय उठोस् भनि जानकारी गराउन निर्णय पेश गर्ने समेत समितिका अध्यक्ष सुरेन्द्र शेर्माले जानकारी दिए । समितिको बैठकमा साविक राजघाटको वडा १,२,९, वडा ६,७,८ र ३,४,५ गरी तीन वटा वडामा बिभाजन गरे हरेक विकासका कार्यमा सहज हुने शेर्माको भनाई छ । उर्लाबारी नगरपालिका भए यता २,९९ २.६८, २.५५, २.८३ वर्ग किमि वडा हुन सक्छ भने ८ र ९ अत्यन्तै ठुलो वाड भएको अध्यक्ष रुद्र लामिछानेको भनाई छ । साविक राजघाट करिब सोह्र हजार जनसंख्या र जम्मा ३३.४७ वर्ग किमि क्षेत्रफल भू–भाग भएकोले यस बिषयलाई नगर कार्यालयले समेत बिचार गर्नुपर्ने लामिछानेको भनाइ छ । बैठकमा नेकपा वडा संगठन कमिटीका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय