उर्लाबारी । उर्लाबारी वडा नं. ७ का वडा सदस्य छत्रबहादुर कार्कीले स्वर्गीय पत्नी मन्जुकुमारी कार्कीको स्मृतिमा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सहयोग गर्ने भएका छन् ।
उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालयका ३ जना विद्यार्थीहरुलाई १५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री, स्कुल डे«सलगायत खरिदका लागि सहयोग गर्ने भएका हुन् । प्रत्येक विद्यार्थीलाई ५ हजारको दरले छात्रबृत्ति प्रदान गर्ने उहाँले जानकारी दिनुभयो । यसअघि उर्लाबारी–८ को लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय