
उर्लाबारी । १०७ औं विपी जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ उर्लाबारीले विरामीलाई फलफुल वितरण गरेको छ ।
उर्लाबारीस्थित गोदावरी हस्पिटल तथा अरनिको हस्पिटलमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको हो । उर्लाबारी नगरपालिकाका मेयर तथा नेपाली कांग्रेसका मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोसहितको टोलीले फलफुल वितरण गरेको विद्यार्थी नेता सुजित जैसवालले जानकारी दिनुभयो ।