उर्लाबारी । मोरङको उर्लाबारीमा स्थायी लेखा नम्बर नविकरणका लागि घुम्ती शिबिर गरिने भएको छ ।
भदौं २८ गतेदेखि असोज २ गते शुक्रबारसम्म घुम्ती शिबिरमार्फत सेवा प्रदान गरिने उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो । उर्लाबारी उद्योग बाणिज्य संघको कार्यालयमा हुने शिबिरमा भदौं २८ गते वडा नं. ५ र ६, २९ गते ३ र ४, ३० गते ८ र ९ , ३१ गते ७, असोज २ गते १ र २ वडाको स्थायी लेखा नविकरण गरिने उहाँको भनाई छ । विहान १० बजेदेखि ३ बजेसम्म सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय