उर्लाबारी । मोरङको उर्लाबारीमा लकडाउन खुकुलने बनाउने वा हटाउने विषयमा अहिले बैठक चलिरहेको छ ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको अध्यक्षतामा बैठक बसिरहेको उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो । बैठकले लकडाउनलाई कसरी अगाडि बढाउने वा हटाउने भनने विषयमा छलफल गरिरहेको उहाँले बताउनुभयो । हालसम्म उर्लाबारीमा कोरोना भाइरसको संक्रमण नदेखिएकाले पनि लकडाउन खुकुलो बनाईदै लगिएको छ । तत्काल लकडाउन हटाउनु भन्दा पनि अहिलेको भन्दा थप खुकुलो बनाएर जानु पर्ने धेरैको राय छ । दिउँसो ४ बजेसम्म बजार खोलेर लकडाउनलाई थप खुकुलो बनाउन आवश्यक रहेको सरोकारवालाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय