उर्लाबारी । मुलुकभरी रगतको अभाव भइरहेको अवस्थामा राष्ट्रिय युवा संघले रक्तदान कार्यक्रम सुरु गरेको छ ।
केहीदिन अघि मोरङको मिक्लाजुङ गाउँपालिकामा रक्तदान कार्यक्रम गरेको युवा संघले शुक्रबार उर्लाबारीमा रक्तदान गर्ने संघ जिल्ला सदस्य दिपक आले मगरले जानकारी दिनुभयो । उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालमा हुने रक्तदान कार्यक्रममा सबैलाई सहभागी भई रक्तदान गर्न संघका उर्लाबारी नगर कमिटी सह–संयोजक योगेश बस्नेतले अपिल गर्नुभएको छ । उहाँले रगतको अभाव भइरहेको अवस्थामा संघले रक्तदान कार्यक्रम अघि बढाएको बताउनुभयो । विहान ८ः३० बजे हुने उक्त रक्तदान कार्यक्रममा प्राविधिक सहयोग उर्लाबारी रेडक्रस सोसाइटीको रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय