
उर्लाबारी । मोरङको उर्लाबारी–३ निवासी शिक्षासेवी वैद्यनाथ दाहालको मंगलबार बिहान निधन भएको छ ।
लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँ केही समयदेखि अस्वस्थ्य हुनुहुन्थ्यो ।
उर्लाबारीमा शिक्षा, सहकारी, बैंक तथा वित्तिय संस्था स्थापनाका लागि दाहालले महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो ।