
उर्लाबारी । मोरङको रतुवामाईका युवा ब्यवसायी तथा समाजसेबी निलम खड्काले ५ लाख रुपैयाँ भन्दा बढीको माक्स, साबुन र सेनिटाइजर निशुल्क वितरण गर्नुभएको छ ।
प्रस्ताविक रतुवामाई जेसीजका अध्यक्षसमेत रहनु भएका खड्काले विभिन्न संघसंस्थामार्फत विपन्न समूदायलाई उक्त सामाग्री प्रदान गर्नुभएको हो । उहाँले सञ्चार क्लब नेपाल, प्राइम एफएम, आरम्भ नाट्य समूह, प्रहरी कार्यालयहरु, नेकपा कम्यूनिष्ट पार्टी (नेकपा), राष्ट्रिय युवा संघलगायत दर्जन बढी संघसंस्थाका साथै विपन्न वस्तीहरुमा समेत माक्स, सेनिटाइजर र साबुन वितरण गर्नुभएको छ ।