
उर्लाबारी । कोरोना भाईरस समुदायमा फैलिन नदिन मोरङको उर्लाबारीमा गरिएको लकडाउन थप गर्ने वा खुकुलो बनाउने भन्ने विषयमा आज बैठक बस्दैछ ।
दिउँसो २ बजे नगरपालिकामा बस्ने कोरोना भाईरस संकट व्यवस्थापन समितिको बैठकले आजदेखि सकिने लकडाउनलाई निरन्तरता दिने वा केही खुकुलो बनाउने भन्ने विषयमा निर्णय गर्ने मेयर खड्ग फागोले जानकारी दिनुभयो । उहाँले नगरबासीलाई कोरोनाबाट जोगिनका लागि सचेत रहन अपिल गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा दिउँसो १२ बजेसम्म केही अत्यावश्यक पसल खुल्ला गर्ने निर्णय गरेपनि समुदायमा कोरोना नफैलियोस् भनेर उर्लाबारी नगरपालिकाले लकडाउनलाई निरन्तरता दिएको थियो ।