केराबारी । मोरङ क्षेत्र नं. १(२) प्रदेशसभा सदस्यका उम्मेद्वार उपेन्द्रप्रसाद घिमिरेको पक्षमा जनलहर देखिएको छ ।
१ नम्बर प्रदेश सरकारका यातायात ब्यवस्था तथा सञ्चार मन्त्रीसमेत रहनुभएका घिमिरेले यस क्षेत्रमा गरेको विकास निर्माणले गर्दा उहाँको पक्षमा जनलहर देखिएको हो । अधुरा काम पूरा गर्दै मोरङको कर्णालीको रुपमा रहेको मोरङ क्षेत्र नं. १(२) अन्तरगत पर्ने केराबारी, लेटाङ र मिक्लाजुङ वडा नं. १, ४ र ५ को दिगो विकासका लागि पुनः घिमिरे उम्मेद्वार बन्नुभएको छ । नेकपा एकीकृत समाजवादीको प्रदेश नं. १ को सदस्य समेत रहनुभएका घिमिरेले मतदाता भेटघाट तथा छलफल ब्यापक पार्नुभएको छ । यसैक्रममा मोरङको केराबारी–२ मा खड्ग ठकुरीको अध्यक्षतामा ३१ सदस्यीय नेकपा एकीकृत समावजादी वडा कमिटी गठन भएको छ । सो क्रममा विभिन्न पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकाहरुलाई घिमिरेले स्वागत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय