![](https://www.purbicommand.com/wp-content/uploads/2022/09/hhhh.jpg)
उर्लाबारी । लिटिल प्रिन्स एण्ड प्रिन्सेस पूर्वाञ्चल तेस्रो संस्करणको फाइन असोज १५ गते हुने भएको छ ।
अलराउण्ड डान्स स्टुडियो उर्लाबारीको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल उर्लाबारी–५ स्थित होटल ग्राण्डमा हुनेछ । लिटिल प्रिन्स एण्ड प्रिन्सेसमा १४ जनाको सहभागिता रहेको संयोजक राजिब दियालीले जानकारी दिनुभयो । सहभागीहरुलाई कोरियोग्राफर लिजा धिमालले प्रशिक्षण दिइरहनुभएको छ । लिटिल प्रिन्स एण्ड प्रिन्सेसका विजेताले नगदसहित आकर्षक पुरस्कार पाउने आयोजकले जनाएको छ ।