काठमाडौं, नेपाल साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।

नेपालका लागि प्रशान्त लक्समले २२ मिनेटमा पहिलो गोल गरे। हरिषराज भट्टले दुई मिनेटपछि नेपालको अग्रता दोब्बर पारे। ३१ मिनेटमा सुवास बमले तेस्रो गोल गर्दा निरज कार्कीले ३८ मिनेटमा अर्को गोल थपे।

पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।

दोस्रो हाफमा नेपालका लागि दोस्रो हाफमा उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे।  अब नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई २-१ गोलले हराउँदै भारत फाइनलमा पुग्यो।

फाइनल पर्सी बुधबार साँझ ७ बजे हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय