
लकडाउनको समयमा समेत बैंक तथा टिपरहरु निर्वाध सञ्चालनमा भइरहेको भन्दै तत्काल रोक लगाउन ब्यवसायीहरुले माग गरेका छन् ।
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन नदिन बैंक तथा टिपर रोक्नु पर्ने माग उठेको हो । बैंकमा अत्याधिक भिडभाड हुने गरेको छ । अतिआवश्यक खाद्यान्यसमेत बन्द भइरहेको अवस्थामा बैंक तथा टिपरलगायत निर्माण सामान ओसोरपोसार गर्न आवश्यक नभएको भन्दै उर्लाबारी नगरपालिकालाई ठोस कदम चाल्न अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा उर्लाबारीका ब्यवसायी योगराज कार्कीले लकडाउनमा समेत लुकीलुकी पसल, अपिस खोल्ने गरेको पाइएको भन्दै तत्काल त्यसतर्फ सरोकारवालाको ध्यान जानु पर्ने बताउनु भएको छ । ब्यापार ब्यवसाय पछि पनि गर्न सकिने भएकाले कोरोना भाइरसबाट बच्नु पहिलो प्राथमिकता भएकाले कानुन सबैलाई सम्मान रुपमा लागु गर्न उहाँले माग गर्नुभएको छ ।