उर्लाबारी । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समावादी, जनता समाजवादी पार्टीसहित दलहरु चुनाबी गठबन्धन गरेर अघि बढ्ने निर्णय गरिसकेका छन् ।
यसैकारण मोरङ क्षेत्र नं. १ मा पनि चुनाबी गठबन्धन हुने निश्चित छ । तर, कुन मोडलमा गठबन्धन हुने भन्ने खाका आएको छैन । यसैकारण मोरङ क्षेत्र नं. १ (क) को प्रदेशसभा सदस्य उम्मेद्वारमा कांग्रेसले पनि दाबी गरिरहेको छ । नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य अर्जुन तुम्रोकले गठबन्धन नभए आफुले उम्मेद्वारी पाउनु पर्ने दाबी गरिसक्नुभएको छ । भागबन्डामा गठबन्धन दलमा प्रदेशसभा सदस्यको उम्मेद्वार दिनु पर्ने भएपनि खुलेरै जिताउने उहाँले बताउनुभएको छ । त्यस्तै, महाधिवेशन प्रतिनिधि चिञ्जिबी थापा, ललित अधिकारी र जिल्ला सदस्य बीरबल थापाको नाम पनि चर्चामा छ । गठबन्धन दलको भागबन्डा कसरी होला भन्ने विषय निकै चासोका साथ हेरिएको छ । माओवादीका कुलप्रसाद साम्बा लिम्बू(कुशल)ले २०७४ सालको निर्वाचनमा विजयी हासिल गर्नुभएको थियो । प्रदेशसभा सदस्यको उम्मेद्वार कांग्रेसको भागमा परे अर्जुन तुम्रोक र चिञ्जिबी थापामध्ये एकले टिकट हत्याउने जानकार स्रोत बताउँछ ।
ADVERTISEMENT