उर्लाबारी । उर्लाबारी वडा नं. ९ निवासी लोलिम पोमु निरन्तर सामाजिक सेवामा समर्पित हुँदै आउनु भएको छ ।
नेपाली कांग्रेसका युवा नेतासमेत रहनु भएका पोमु लामो समयदेखि सामाजिक सेवामा खटिदै आउनु भएको हो । अरनिको हस्पिटलको अध्यक्ष पोमुले सयौं आर्थिक अभावका कारण उपचार नपाएका बिरामीहरुको निःशुल्क उपचार गरिसक्नु भएको छ भने हरेक कार्यमा अग्रपंक्तिमा रहेर सहयोग गर्ने गर्नुहुन्छ । आर्थिक अवस्था कमजोर रहेका उर्लाबारी वडा नं. ९ का ११ परिवारको आफै पैसा हालेर स्वास्थ्य बिमा गराइदिनुभएको छ । आर्थिक अभावका कारण कोही उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने श्रेयले स्वास्थ्य बिमा गरिदिएको उहाँको भनाई छ । अपाङ्ग, आर्थिक अवस्था कमजोर भएकाहरुको निःशुल्क तथा छुटमा उपचार गराउँदै आएको उहाँको भनाई छ । उहाँले थप उर्लाबारी वडा नं. ९ का आर्थिक कमजोर भएका परिवारको स्वास्थ्य बिमा गराउने जानकारी दिनुभयो । हरेक समस्या लिएर जाँदा उहाँले खाली हात नफर्काउने गरेको भुक्ताभोगीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय