उर्लाबारी,मोरङको उर्लाबारी–४ नेपाली काँग्रेसले टोल समिति गठन प्रक्रियालाई तीब्रता दिएको छ । यसैक्रममा शनिबार त्रिवेणी भानु पुस्तकालय टोल समिति गठन गरिएको छ । ५६ सदस्यीय टोल समितिको सभापतिमा रामबहादुर लिम्बू, उपसभापतिमा सन्जोग डाँगी, सचिवमा कविता भट्टराई, सहसचिवमा सुमन राई र कोषाध्यक्षमा सम्झना डाँगी रहेका छन् ।
नेपाली काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि फागोले अविर, खदा लगाएर पार्टीमा स्वागत गरे ।
कार्यक्रममा प्रमुख अतिथि फागोले अन्य पार्टीका भन्दा काँग्रेसजन फरक हुनुपर्ने बताए । पार्टीमा लागेर राजनीति गर्ने, ठूला कुरा गर्ने मात्र होइन, गरिब, विपन्न, दिनदुःखीलाई साथ दिनुपर्ने उनको भनाई थियो । किसान, मजदुर, पीडितहरुको सारथी बन्नुपर्ने उनले बताए ।
कार्यक्रममा मोरङ क्षेत्र नं. १ (क) का सभापति नरबहादुर मोक्तान, मोरङ क्षेत्र नं. १ की सहसचिव अरुणा थापा, प्रदेश १ (क) को सहसचिव नेत्र आपागाई, उर्लाबारी–४ का वडा सदस्य लगायतको आतिथ्यता रहेको थियो । वडा सभापति प्रेम याक्खाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव भीम घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय