
झापा। झापामा एक युवकले आफ्नी श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका – १ लाहुरे चौकका ३४ वर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमती ३४ वर्षीय अनिता लिम्बुलाईको हत्या गरेका हुन् ।
आज बिहान तामाङले मोबाइल बिगारेको विषयमा लिम्बुलाई घाँटी तथा शरीरमा चक्कु प्रहार गरी आफ्नै घरमा हत्या गरेको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने तामाङलाई सीमा प्रहरी चौकी पृथ्वी नगरले नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको प्रहरीले जानकारी दिएको छ ।