चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनको लागि उर्लाबारी बहुमुखी क्याम्पसमा ६ वटा विद्यार्थी संगठन दर्ता भएका थिए । जसमध्ये नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघबाहेक अरु एकजुट भएर निर्वाचनमा होमिएका छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा माओवादी केन्द्रको अखिल क्रान्तिकारी, जसपाको समाजवादी विद्यार्थी युनियन, राप्रपाको राप्रविसंघ र एकीकृत समाजवादीको अनेरास्ववियूले संयुक्त प्यानल रहेको छ । सभापतिसहित कोषाध्यक्ष र चार सदस्य अनेरास्ववियु, सचिव र एक सदस्य अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले एक÷एक सदस्यमा उम्मेद्वारी दिएका छन् । सोही प्यानलबाट अखिल क्रान्तिकारी उर्लाबारी बहुमुखी क्याम्पस इकाई अध्यक्ष थानेश्वर अधिकारी (आकाश) स्ववियू सचिवको उम्मेद्वार बन्नुभएको छ । सोही निर्वाचनमा केन्द्रीत भएर उहाँसँग गरिएका कुराकानी ः
तपाईलाई भोट किन ?
–अखिल क्रान्तिकारी विगत लामो समयदेखि उर्लाबारी बहुमुखी क्याम्पससँग जोडिएर विद्यार्थीको हकहितका लागि सशक्त रुपमा आवाज उठाउँदै आएको छ । हामी राजनीतिक स्वार्थदेखि पर रहेर विद्यार्थीका हकहितका लागि सधैँ कटिबद्ध भएर लागिरहेका छौँ । त्यसैले पनि मलाई सचिब पदमा सम्पूर्ण विद्यार्थीहरुले भोट दिनु हुन्छ भन्ने आशा लिएको छु । साथै स्ववियू सभापतिमा प्रिति दाहाल, कोषाध्यक्षमा भीमबहादुर मंग्राती (भुवन) सहित सम्पूर्ण प्यानललाई नै अमूल्य मत दिई विजयी गराउनु हुन सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक अपिल गर्दछु ।
तपाई कस्ता खालका एजेण्डा लिएर चुनावी मैदानमा उत्रिदै हुनुहुन्छ ?
–अखिल क्रान्तिकारी विद्यार्थीको हकहितमा लड्दै आएको कुरा सबैलाई जानकारी नै छ । आगामी दिनहरुमा विद्यार्थीको समस्याहरुलाई केलाएर, विद्यार्थीसँग छलफल गरेर विद्यार्थीका समस्या पहिचान गरी समस्याको समाधानमा लाग्ने छौँ । आर्थिक रुपमा विपन्नका छोराछोरी पढ्न सक्ने गरी शुल्क निर्धारण गर्न पहल गर्ने, विश्वविद्यालयले जीवन उपयोगी र रोजगारमुखी शिक्षा दिन सक्नुपर्छ, प्राविधिक शिक्षाको विकास गर्नुपर्छ, विश्व बजारमा बिक्ने शैक्षिक गुणस्तर हुनुपर्छ, विद्यार्थीको लागि भौतिक सुविधाहरु हुनुपर्छ भन्ने एजेण्डाहहरु लिएर हामी चुनावी मैदानमा उत्रिएका छौं । क्याम्पस परिसरभित्र धूम्रपान तथा सुर्तीजन्य कुराहरू सेवन तीब्र रुपमा बढ्दै गएको हुँदा यसले भोलिको दिनमा निम्त्याउने घटना र क्याम्पसको मर्यादामा आँच पर्ने भएको हुँदा समयमै ध्यानाकर्षण गर्नु पर्ने आवश्यकता छ । यसका बारेमा हामी गम्भिर रुपमा अघि बढ्ने कुरा छ । क्याम्पस आसपासको क्षेत्रमा धूम्रपान तथा सुर्तीजन्य कुराहरु बिक्री वितरण बन्द गराउने विशेष पहल गर्नेछु । क्याम्पसभित्र उचित खाजाको ब्यवस्थापन नहँुदा आम विद्यार्थीले विभिन्न सास्ती खेप्नु परेको हुँदा चमेना गृह सुधारमा क्याम्पस प्रशासनले चासो नदेखिएकाले यसका बारेमा पनि ठोस तरिकाले हामी अघि बढ्ने छौं । सरसफाइको बिषयमा क्याम्पसका शौचालयहरु ज्यादै दुर्गन्धित हुने, शौचालयमा पानीको ब्यवस्था नभएको साथै खानेपानीको बिषयमा केही सुधार गर्नु पर्ने विषयहरु पनि छन् । यातायातको सन्दर्भमा रतुवामाई नगरपालिका, मिक्लाजुङ गाउँपालिकाबाट सेवा लिने विद्यार्थीले सिट नपाउने, समय तालिका नभएको , गाडीमा हौहल्ला हुने, अराजक गतिविधि हुने जस्ता धेरै कष्ट खेप्नु परेकाले यस बिषयमा क्याम्पसले ध्यानाकर्षण दिन सकिरहेको छैन । यसमा पनि हामीले विशेष पहलकदमी लिने कुरा म प्रतिबद्धता जाहेर गर्दछु । शिक्षकको सेवा सुबिधामा वृद्धि हुँदा गरेको सम्झौता अनुसार सम्पूर्ण रेकर्ड राख्ने , शिक्षकका गतिविधि हरुमा निगरानी राख्ने, कर्मचारी हाजिरका लागि डिजिटल प्रविधिको प्रयोग अघि बढाउने कार्यमा प्राथमिकताका साथ लाग्छौं । प्राथमिक उपचार कक्षमा चाहिने सम्पूर्ण औषधि, मलम पट्टी, प्रर्याप्त सेनेटरी प्याडको ब्यवस्थापनमा हामी पहल गर्नेछौं । सुझाब पेटिकाको दुरुपयोग भएको हुँदा ब्यवस्थित तरिकाले रेखदेख गर्ने ब्यवस्था मिलाउन पनि हामी लागि पर्ने कुरा अवगत गराउन चाहन्छु ।
स्ववियु निर्वाचनमा तपाईले जित्ने आधारहरु के–के छन् ?
–हाम्रो संगठन आफैमा एकदम गौरवशाली इतिहास बोकेको संगठन हो । त्यसमा पनि उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा एकछत्र राज गर्दै आएको अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूसहितको संयुक्त प्यानल छ । यसैले पनि मसहित हाम्रो टिमबाट कसैले हार्ने सम्भावना छैन । हामी सबै विद्यार्थीहरुको साथ र सहयोगले निर्वाचन जित्नेमा ढुक्क पनि छौं । हामी चुनाब जित्न मात्र चुनावी मैदानमा उत्रिएको हैन, चुनाव जितेर पनि केही गर्नुपर्छ भनेर चुनावमा उत्रिएको छ । जितेपछि केही गरेर देखाउने हाम्रीसँग सामथ्र्य र क्षमता पनि छ ।
विद्यार्थीको हकहितका लागि के के गर्नु भयो त ?
– हामी निरन्तररुपमा विद्यार्थीको हकहितमा लड्दै आएका छौँ । आगामी दिनहरुमा पनि लड्ने छौँ । विधार्थीहरुको जीवन भोगाईलाई नजिकबाट नियालेका छौँ । हामीले कहिल्यै पनि फलानो हाम्रो संगठनको, फलानो हाम्रो संगठनको विद्यार्थी हो भनेर विभेद नगरी सबैलाई समान तरिकाले काम गर्ने गरेका छौं । चुनाबका बेला मात्रै विद्यार्थीहरुको हकहितका कुरा अरु बेला विद्यार्थीहरु समस्यामा पर्दा लुक्ने काम हामीबाट हुँदैन । तपाईहरु भन्दा एक कदम अघि रहेर हरेक परिस्थितिमा जुध्न तयार छु । उर्लाबारी बहुमुखी क्याम्पसको विकाससँगसँगै विद्यार्थीहरुको हितमा हुने हरेक काममा म सक्रियपूर्ण लाग्ने प्रण गर्दछु । यसमा तपाईहरु सबैले चैत्र ५ गते म थानेश्वर अधिकारी (आकाश) सचिबको उम्मेद्वारसहित सम्पूर्ण प्यानललाई अत्याधिक मत दिई विजयी गराइदिनु हुन्छ भन्ने आशा र भरोसा लिएको छ । तपाईहरुले गर्नुभएको आशा र भरोसा टुट्न नदिने गरी काम गर्नेछु ।
तपाईहरुको राजनीति विद्यार्थीहरुको हकहितका लागि की राजनीतिक दलको लागि ?
–हाम्रो संगठनले विद्यार्थीको हकहितको लागि र विद्यार्थीहरुको अन्यायको विरुद्धमा आन्दोलन गर्दै आएको छ । साथै हाम्रो संगठनको इतिहासको क्रमलाई निरन्तरता दिएका छाँै । यसका साथसाथै पार्टीको मूल्य, मान्यता, विचारको पक्षमा आवाज उठाउँदै समाजमा रहेका सामन्ती संस्कार, राष्ट्रिय स्वाभिमान, सार्वभौम र खण्डताको पक्षमा आन्दोलन गर्दै समाजलाई सचेतताको दिशामा प्रकाश पार्नु हाम्रो संगठनको राजनीतिक धर्म हो । त्यसैले हाम्रो संगठन हाम्रो पार्टीको उद्देश्य प्राप्तिको निम्ति सधैँ सहयोगी भूमिकामा रहँदै आएको छ र रहिरहने छ ।
अहिलेको विभेदीकरण शिक्षा, मनपरी ढङ्गले व्यापारीकरणलाई न्यूनीकरण गर्न तपाईको संगठनले कस्तो खालको भूमिका खेलेको छ ?
हाम्रो संगठनले विगतदेखि उठाउँदै आएको व्यावहारिक, वैज्ञानिक, रोजगारमूलक शिक्षा प्राप्तिको लागि आवाज उठाउँदै आएको तपाई हामीलाई थाहा भएको कुरा हो । अहिलेको किताबी शिक्षा र वर्तमान जीवन परिस्थितिबीच ठूलो खाडल भएको हुनाले यसलाई जोड्नको लागि, अहिले देशमा भईरहेको शिक्षामा निजीकरण, व्यापारिकरण र माफियाकरणको अन्त्य हुन जरुरी छ र शिक्षालाई राष्ट्रियकरण गरी सम्पूर्ण युवाहरुलाई रोजगारी प्रदान गर्नको लागि हाम्रो संगठन संघर्षरत छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
उर्लाबारी बहुमुखी क्याम्पसमा सबै क्षेत्रबाट संयुक्त प्यानललाई विजय गराउनको लागि सम्पूर्ण विद्यार्थीहरुलाई भरपुर सहयोग गरिदिनुहुनु अनुरोध गर्दछु । र, हाम्रो संगठनको विचारहरु बाहिर ल्याउने अवसर दिएकोमा पूर्वी कमाण्ड अनलाइनलाई धेरै–धेरै धन्यवाद ब्यक्त गर्दछु ।
ADVERTISEMENT