२८साउन २०७७

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २ करोड ५ लाख नाघेको छ । गत २४ घण्टामा २ लाख ५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ करोड ५ लाख नाघेको हो ।
मंगलबार सबैभन्दा बढी भारतमा संक्रमित भेटिएका छन् । वल्डोमिटरका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा ६१ हजार संक्रमित थपिँदा ८ सय ३५ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या २३ लाख २८ हजार नाघेको छ । जसमध्ये १६ लाख ३८ हजार निको हुँदा ४६ हजार १ सय संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै, गत २४ घण्टामा अमेरिकामा साढे ५४ हजार, रुसमा झण्डै ५५ हजार संक्रमित थपिएका छन् । बुधबार बिहानसम्म विश्वभर कोरोनाबाट १ करोड ३४ लाख २७ हजार संक्रमितको निको भएका छन् ।

त्यस्तै, अहिलेसम्म कोरोनाबाट ७ लाख ४४ हजार व्यक्तिले ज्यान गुमाएका छन् । नेपालमा गत २४ घण्टामा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै संक्रमितको कूल संख्या २३ हजार ९ सय ४८ पुगेको छ । जसमध्ये १६ हजार ६ सय ६४ जना निको हुँदा ८३ संक्रमितले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय