एकेन्द्र थापा
यौनका बारेमा नेपाली समाजमा जति चर्चा गरिन्छ त्यो अप्र्याप्त छ । नेपाली समाजले त अझ यसलाई बढी जटिल बनाएको छ । नेपाली समाजमा यौनका विषय अति गोप्य तथा लज्जाको विषयमा गनिन्छ ।
यसका कारण मानिसहरु कुरा गर्न हिच्किचाउँछन् । कतिपय व्यक्तिका लागि यौन अतिरञ्जनाको विषय भइदिन्छ । बौद्धिक वर्गले समेत यौनका कुरा सहजै स्वीकार्न सक्दैनन् । यौनका कुरा उठ्ने बित्तिकै लाजको भावमा एक अर्काकालाई हेराहेर गर्ने प्रक्रिया सुरु हुन्छ ।
हाम्रो सानैबाट यौनका कुरा लुकेर गर्न वा मधुरो आवाजमा गर्न सिकाइन्छ । एकान्तमा गर्न सिकाइन्छ । यौनलाई लाजको रुपमा लिन भनिन्छ । यसका कारण अझै पनि यौनलाई लिएर नकारात्मक टिकाटिप्पणी भइरहेको पाइन्छ ।
यौन व्यवहार र त्यसले सिर्जना गरिरहेको तनावले धेरैको वैवाहिक सम्बन्धमा समेत समस्या उत्पन्न भइरहेको हुन्छ । कति बालबालिका यसको गलत प्रयोगका रुपमा सिकार समेत भएका छन् ।
नेपाली समाजमा यौनका समस्या थरीथरीका छन । यौनका विशेष खालका समस्याचाहिँ विशेषगरी वैदेशिक रोजगारीले जन्माइदिएको छ । श्रीमतीहरू असुरक्षित यौनसम्पर्कमा संलग्न हुन्छन्, गर्भ बस्छ । जसले उनीहरुको परिवार नै तहस नहस हुन्छ ।
त्यसैगरि कति बैदेशिक रोजगारमा भएका श्रीमानका श्रीमति उनीहरु स्वदेश आउन नपाइ अन्यत्र विवाह गरेर गएका घटना दिनप्रतिदिन सुनिन थालेको छ । यी र यस्ता घटना यौनको अल्प ज्ञानका कारण पनि हो भन्न सकिन्छ ।
यौन शिक्षामा विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक पक्षहरू जोडिएका हुन्छन्। यौन शिक्षा समाजमा स्वीकार्य व्यवहार वा अवधारणा प्रस्तुत गर्न दिइने यौनसम्बन्धी हरेक शिक्षा भन्ने बुझिन्छ।
अहिले नेपालमा यो विषयलाई विद्यालयकै पाठ्यक्रममा समावेश त गरिएको छैन तर केही पाठ भने पढाउने गरिन्छ जसमा स्वास्थ्य, विज्ञान जस्ता विषयमा प्रजनन स्वास्थ्य, यौन रोग, शरीरका विषयहरूमा पढाइन्छ। तर, यौन शिक्षाको विषयमा भने यति थोरै विषयवस्तु विद्यार्थीलाई अपुग हुन्छ ।
सफल यौन सुख
सफल यौन सुखका लागि सम्भोगको सही व्यवस्थापन गर्नुपर्छ। सम्भोग व्यवस्थापनको क्रममा कतिपय कुरामा ध्यान दिनुपर्छ । तनावरहित अवस्थामा मात्र यौन सम्पर्क गर्ने, अनावश्यक दबाबका बेला यौन सम्पर्क नराख्ने, गोप्यताको निश्चितता तथा एकान्त वातावरणमा मात्र यौन सम्बन्ध राख्ने, हतार वा थकानपछि क्रमशः शीघ्र वा ढिलो स्खलनको समस्या हुनसक्छ त्यसैले यथेष्ट आरामपछि पाकक्रीडामा पर्याप्त समय दिई यौन कार्य गर्ने, थप मादकता दिने हुनाले हल्का संगीत बजाउने त्यसै गरी दुवैका लागि स्वीकार्य पफ्र्युम लगाउने, मधुरो प्रकाशको व्यवस्था गर्ने, डर, चिन्ता र थकान मेटाउने हुनाले दुवैले हल्का मद्यपान गर्ने, यौन कार्यको केही घण्टाअघि हल्का मिष्ठान्न भोजन गर्ने, यौन कार्यअघि र पछि शारीरिक सरसफाईमा ध्यान दिने गर्नु पर्दछ ।
यौन स्वास्थ्य
यौन स्वास्थ्य भन्नाले शारिरीक, मानसिक र सामाजिक रूपले यौनिकताका सन्दर्भमा हरेक पक्षबाट सक्षम भई जीवनको कल्याण हुने अवस्थाको सृजना गराउनु भन्ने बुझिन्छ । यसले यौनिकता र यौन सम्बन्धमा सकारात्मक र सम्मानजनक दृष्टिकोणको अपेक्षा राख्दछ ।
यसमा कुनै जबरजस्ती वा भेदभावविनाको हिंसा रहित आनन्ददायी तथा सुरक्षित यौन व्यवहारको अनुभूति गरिन्छ । किशोरावस्थाको प्रजनन स्वास्थ्य समस्या अन्य अवस्थाको भन्दा फरक हुन्छ ।
किशोरावस्थामा शारीरिक तथा मानसिक परिवर्तन तीव्र रूपमा हुने हुँदा किशोर किशोरीमा विभिन्न प्रकारको जिज्ञासा आउने गर्दछ । यति वेला पर्याप्त मात्रामा सही जानकारी भएन भने उनीहरूका जीवनमा धेरै असरहरू (जस्तैस यौनजन्य रोगहरु लाग्ने, बलात्कारतर्फ प्रवृत्त हुने, लागु पदार्थ दुव्र्यसनी बन्ने, पढाइमा कमजोर हुने आदि) पर्न सक्छन् ।
बालिका हुन् या किशोरी अझै महिला नै किन नहुन् ग्रामीण क्षेत्रमा यौनहिंसाको दलदलमा फस्ने गरेको पाइन्छ । मानवीय संवेदनशीलताको ख्याल नराख्ने मानवरूपी दानवबाट दिनदहाडै महिला तथा बालबालिका बलात्कार जस्ता हिंसाका घटना बढिरहेका छन्। यस्ता घटनालाई निरुत्साही गर्न यौनका विषयमा शिक्षा दिन सक्नु पर्दछ ।
(विभिन्न पत्रपत्रिकाको सहयोगमा