उर्लाबारी । नेपाल विद्यार्थी संघ इकाई समिति उर्लाबारी वडा नं. ८ र ९ ले मोरङको उर्लाबारीमा N95 माक्स वितरण गरेको छ ।
आज सञ्चार क्लब नेपाल उर्लाबारी, इलाका प्रहरी कार्यालय उर्लाबारी, नमूना बाल गृह, एम्बुलेन्स चालकलगायतमा १ हजार भन्दा बढी N95 माक्स वितरण गरेको हो । अतिआवश्यक क्षेत्रमा माक्स वितरण गरिएको इकाई सभापति अविन घिमिरेले जानकारी दिनुभयो । गरिब तथा विपन्न समूदायलाई माक्स वितरण तथा सचेतना कार्यक्रम निरन्तर रुपमा अघि बढाउने उहाँले बताउनुभयो । कार्यक्रममा कांग्रेसका स्थानीय नेता सर्वजित भण्डारी, भीम घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय