उर्लाबारी । मोरङको उर्लाबारी–४ स्थित उर्लाबारी बहुमुखी क्याम्पसमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
क्याम्पस र रोटरी क्लब अफ उर्लाबारीको संयुक्त आयोजनामा तथा पूर्वाञ्चल क्यान्सर अस्पताल र बी.एण्ड सी. हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा ४ सय ९५ जना लाभान्वित भएका छन् ।
शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, नाक, कान, घाँटी (ईएनटी), मुटुरोग, ब्लड ग्रुपिङ लगायतका स्वास्थ्य सेवाहरू निःशुल्क प्रदान गरिएको थियोे । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि पनि वितरण गरिएको छ ।
शिविरमा ६ जना विशेषज्ञ चिकित्सक र ६ जना स्वास्थ्यकर्मीको टोली रहेको थियोे । शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वा रहनुभएको थियो ।
ADVERTISEMENT