उर्लाबारी । मोरङको उर्लाबारी—५ स्थित अरनिको हस्पिटल प्रा.लि.को नवौ साधारण सभामा नमुना बाल गृहलाई ६० थान न्यानो कपडा वितरण गरिएको छ ।
शनिबार उर्लाबारी स्थित सगरमाथा बचतको सभाहलमा आयोजित उक्त सभामा हस्पिटलका अध्यक्ष लोलिम पोमुले बाल गृहका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । सोही अवसरमा अस्पतालले कक्षा १२ मा अध्ययनरत नमूना बाल गृहकी सुनिता चेपाङ् , कक्षा ११ मा अध्ययनरत सुमित्रा किस्कु र अर्जुन मगरलाई जनही १० हजार रुपैयाँ बराबरको छात्रावृती प्रदान गरेको छ । उक्त अवसरमा अस्पतालको भावि योजनाहरु सार्वजनिक गर्ने क्रममा अध्यक्ष पोमुले हस्पिटलको स्तरोन्नति गर्दै १ सय बेडको हस्पिटल बनाई आईसियु र एनआईसियु सुविधा थप गरि जटिल ओटीहरु गर्ने योजना रहेको बताउनुभयो । यस्तै उहाँले हरेक वर्ष उर्लाबारीको सबै वडामा ५ परिवारको निःशुल्क स्वास्थ्य बिमा गराउने उद्घोष गर्नुभयो । २०७० सालमा स्थापना भई २०७१ सालदेखि उक्त हस्पिटलले आकस्मिक सेवा, विशेषज्ञ डाक्टरबाट ओपिडि सेवा, हाडजोर्नी, फिजिसियन, रेडियोलोजिष्ट, सर्जन, वालरोग, महिला, छालारोग, नाक कान घाँटी,आमा सुरक्षा कार्यक्रम, फिजियोथेरापी लगायतको सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय