
झापा । झापाको दमकको दमक फार्मेसी तथा क्लिनिकका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
सो फार्मेसीमा झापा तथा मोरङका दैनिक सयौंको यहाँ आवतजावत हुने गरेको छ । यसले गर्दा कन्ट्रयाक ट्रेसिङ मा समस्या हुने देखिन्छ । दमकमा समुदायमा कोरोना देखिन सुरु गरेको सातादिन भएपनि पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । क्लिनिकमा दर्जनभन्दा बढि चिकित्सक सहित कर्मचारी तथा स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् । स्वास्थ्यकर्मी सहित आजमात्र १६ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो । यसमा विद्यूत प्राधिकरणका कर्मचारी, शसस्त्र प्रहरी र समुदायका ब्यक्तिहरु रहेका छन् । प्रभावकारी न्यूजको सहयोगमा