मोरङ । चीनका जियाङ्ग लि जियान र मोरङको रंगेलीकी आयुषा विश्वकर्माबीच नेपाली पराम्पराअनुसार विहे भएको छ ।
आज मोरङको रंगेलीमा भब्य विवाह गरिएको हो । जियान नेपाली टोली र कोटपेन्टमा सजिएका थिए । जियानले नेपाली भाषा राम्रोसँग बोल्न र बुझ्न सक्दैनन् । सामाजिक सञ्जालमार्फत चिनजान भएका जियान र आयुषा विगत ६ महिनादेखि संगै बस्दै आएका छन् । केही समयअघि उनीहरुले मन्दिरमा विवाह गरेका थिए भने आज नेपाली पराम्पराअनुसार विहे गरेका छन् ।
आयुषालाई उनी चीन लैजाने गरी नेपाल आएको हुन् । अहिले इटहरीमा बस्दै आएका जियानले आयुषालाई खुबै माया गर्ने गरेको प्रतिकृया दिएका छन् । सबैभरी यसरी नै माया जियानले बताएका छन् । २ बर्षभित्रमा आयुषलाई चीन लैजाने बताइएको छ । चाइनिज ज्वाई पाउँदा आयुषाको परिवार पनि दंग परेको छ । छोरीको जे मा खुशी छ, त्यसैमा हाम्रो नि खुशी छौं आयुषाका बुवा राज विश्वकर्माले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय