पुजन दास

दशैं भन्ने बितिकै नयाँ लुगा, लिङ्गे पिङ्ग र मीठो खानाको याद आउँछ मलाई । त्यसमा पनि बाल्यकालमा दशैंको मोज मस्तिनै बेग्लै ।
हास्ने रमाउने कति रमाइलो पर्व ! दशैंको कुरा आउदा मलाई बाल्यकालका साथी र जन्मथलो तेह्रथुमको शम्झना आउँछ ।
धेरैले हाम्रो जमानामा यस्तो थियो । उस्तो थियो भन्छन तर खोइ म कुन जमानाको हो ?
यति मात्र थाहा छ कि मानसपटलमा बालापनको याद तरङ्गित भइरहन्छ ।

तिज पश्चात आउने सोह्र श्रद्धा कहिले सकिन्छ लाग्थ्यो मलाई ।
भन्दाभन्दै गाउँमा दशैंको रौनक शुरु हुन्थ्यो ।
दशैको तयारीका लागि गाउँभरी सरसफाइ गर्ने, घरमा रङ्ग लगाउने, र दाउरा खोज्ने लगायत कामहरु सुरु हुन्थे ।
खेती हुनेले ढिक्कीमा धान कुट्थे नहुनेले अैचोपैचो र बजारमा किन्थे ।
हाम्रो लागि पनि बुवाले चामल र मासुको ब्यवस्था अगाडिनै गर्नु हुन्थ्यो ।

माटो र ढुङ्गाले बनेको थियो हाम्रो घर । अनि माटोकै लिउन।
१ बर्ष अगाडि लगाएको चुन र कमेरो बाछिटोले टाटेपाटे बनाउथ्यो ।
घर रङ्गाउन बुवालाई भन्दा मलाई हत्तार हुन्थ्यो । किनभने साथीहरुको अगाडि उनिहरुको भन्दा आफ्नो घर राम्रो देखियोस भन्ने लाग्थ्यो।
मेरो हत्तार देखेर बुवा त्योबेला अचम्म पर्नुहुन्थ्यो ।
बेल्का बेल्का आमा र दिदी भोर्ला पातको दुना टपरी गास्नु हुन्थ्यो।

एक बर्षमा नयाँ लुगा लाउन पाउने दशैं कहिले आउँलाझै लाग्थ्यो । बुवाले दशैमा कालो पाइन्ट र निलो सर्ट ल्याइदिनु हुन्थ्यो । ठ्याक्कै हाम्रो स्कुलको ड्रेस । नयाँ लुगा साथीहरूलाई देखाउन हतारिन्थ्यौ हामी ।
दशैं पश्चात स्कुलको पोसाक पनि त्यही हुन्थ्यो हाम्रो ।

घटस्थापना सुरु भए संगै दाइहरुले लगाएको पिङ खेल्न जान हत्तार हुन्थ्यो हामिलाई ।
पिङ खेल्न आएका साथि संग दशैंमा आफ्नो मामा घर जाने र टीका लगाएर धेरै पैसा ल्याउने फुर्ती लगाइन्थ्यो ।

हिजो आज जस्तो पहिला गाउँमा सबैका घरघरमा टेलिभिजन थिएनन्। सिनेमा हल देख्ने नि गाह्रो थियो । दशैं भन्ने बित्तिकै मनोरञ्जन गर्ने, खाने, खेल्ने, रमाउने र गाउँभन्दा बाहिर, रहेका आफन्त संग जमघट गर्ने अवसरका रूपमा लिइन्थ्यो।

म अलि सानै हुदा दिदिहरु संग बुवाको मामली घरमा टीका लगाउन जान्थे । हजुरबाले हामीलाई टीका लगाइदिनु हुन्थ्यो । नाति केटालाई दक्षिणा दिनु हुदैन भन्दै दिदिहरुलाई धेरै र मलाई थोरै दक्षिणा दिदा सारै चित्त दुख्थ्यो ।
सायद त्यही रिसले हो कि,
म घरमा आमालाई हाम्रो मामा घर जाउ न भन्थे ।
चाडै जानुपर्छ भन्नू हुन्थ्यो ।
भन्दै नभन्दा दशैं तेसै बिती सक्थ्यो ।
दशैं सकिनै लाग्दा जम्मा भएको त्यो सानो रुपैया पैसा के गरु कसो गरु हुने।
तर एकै छिनमा सकिन्थ्यो ।

अलि ठूलो हुँदै गएपछि दशैं त त्यही नै हो तर मनमा भने त्यस्ता चाहना कम हुँदै गए। गाउँमा पनि शहरको प्रभाव पर्दै गयो। नयाँ लुगा लगाउन र मिठो खान दशैंनै कुर्नु पर्ने अबस्था हराउँदै गयो। झन २०६८ सालमा मोरङ आए संगै थपिएका चुनौती र पारिवारिक जिम्मेवारीले त त्यो बालापनको दशैंनै मधुर बन्दै गयो।
यतिबेला लाग्छ मेरो उमेर संगसंगै दशैं पनि बूढो हुँदै जाँदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय