उर्लाबारी । १४ औं महाधिवेशनका लागि वडा, गाउँ र नगरको अधिवेशन चलिरहेको छ । कतिपय स्थानमा वडाकै अधिवेशन सम्पन्न हुन सकेको छैन । कांग्रेसको आन्तरिक चुनाब भएपनि यसलाई आफ्नो गुटको शक्ति मापनको रुपमा हेरिएको छ ।
मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आफ्नो समूहको पकड राख्न सफल हुनु भएको छ । उर्लाबारी वडा नं. ७ बाहेक सम्पूर्ण वडाबाट क्षेत्रीय प्रतिनिधिमा फागो पक्षकाले विजयी हासिल गरेका छन् । उर्लाबारीको ९ वटै वडामा वडासभापति फागो निकट छन् । त्यस्तै, मिक्लाजुङ गाउँ पालिकामा पनि फागो पक्षको पकड देखिएको छ भने केराबारी र लेटाङमा पनि फागो पक्षको उपस्थिति राम्रो भएको दाबी गरिएको छ । उर्लाबारी नगरसभापतिमा फागो पक्षका सुरेन्द्र लिम्बू हुने पक्कापक्की छ । सभापतिका आकांक्षी वडामै क्षेत्रीय प्रतिनिधिबाटै आउट हुन पुगे । अर्का आकांक्षी बीरबल थापा क्षेत्रीय प्रतिनिधिमा विजयी भएपनि हालसम्म उम्मेद्वारीका विषयमा मुख खोलेका छैनन् । फागो पक्षको पकड स्थापित भएका कारण लिम्बू नगरसभापतिमा सर्वसम्मत हुने सम्भावना देखिएको छ । त्यस्तै, फागो पक्षकै मिक्लाजुङ सभापतिका उम्मेद्वार बबी राईको पक्षमा पनि ९० प्रतिशत प्रतिनिधि विजयी भएको दाबी गरिएको छ ।
उर्लाबारीमा सर्वसम्मत, मिक्लाजुङमा प्रतिष्पर्धाको सम्भावना
उर्लाबारीको नगरसभापतिको आकांक्षी सुरेन्द्र लिम्बू, बीरबल थापा र मुक्तिप्रकाश न्यौपाने रहनु भएको थियो । न्यौपाने वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित बनेपछि उहाँ लाइन काटियो । वडा नं. ८ बाट न्यौपाने पराजित बन्नुभयो । लिम्बू वडा नं. ५ र थापा वडा नं. ७ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभयो । तर, उर्लाबारीमा फागो इतर समूह कमजोर भएका कारण थापाले नगरसभापतिमा उम्मेद्वारी पर्ने सम्भावना कम रहेको बताइएको छ । थापाले भने उम्मेद्वारीका विषयमा बोल्नु भएको छैन । लिम्बू भने सभापतिका लागि तयार भइसक्नु भएको छ । थापाले उम्मेद्वारी नदिएको खण्डमा लिम्बू सर्वसम्मत हुने सम्भावना छ ।
त्यस्तै, मिक्लाजुङमा भने बबी राई र अरुण बस्नेत भिड्ने पक्का छ । दुबै जनाले आफ्नो तयारी गरिरहेका छन् । फागो पक्षको पकड भएका कारण राईको पल्लाभारी हुने अनुमान गरिएको छ ।
क्षेत्रीय सभापतिमा पुनः फागो
वर्तमान क्षेत्रीय सभापतिसमेत रहनु भएका खड्ग फागो पुनः सभापति पदमै लड्ने सम्भावना देखिएको छ । उर्लाबारी र मिक्लाजुङमा आफ्नो पक्षमा पकड स्थापित गराएसँगै पुनः सभापतिको उम्मेद्वार बन्ने देखिएको हो । मोरङ क्षेत्र नं. १ मा पर्ने केराबारी र लेटाङमा पनि फागो पक्षको राम्रो उपस्थिति देखिएको छ भने उर्लाबारी र मिक्लाजुङबाट अधिकांश प्रतिनिधि फागो पक्षका छन् । जिल्ला सचिबलगायतको प्रस्ताब आइरहेको भएपनि फागो पुनः एक कार्यकालय क्षेत्रीय सभापति बनेर काम गर्ने मनस्थितिमा रहेको जानकार स्रोत बताउँछ । तर, फागोले भने उम्मेद्वारीका विषयमा मुख खोल्नु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय