काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले दिएको राजीनामा अस्वीकृत भएको छ ।

गौतमले पार्टीको उपाध्यक्षसहित सवै जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत भएको हो ।

उनले भदौ १८ गते पार्टीका पार्टीको केन्द्रीय कार्यालय पुगेर आफ्नो राजीनामा पत्र बुझाएका थिए ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले उनको राजीनामा स्वीकृत नभएको र उनको नामसहित हामीले निर्वाचन आयोगमा अपडेट पठाएको बताए ।

उनका अनुसार राजीनामा स्वीकृत नहुनुको अर्थ अस्वीकृत भएको बुझिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय