
काठमाडौँ। मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको छ ।
खेलको ६२ औँ मिनेटमा भारतका फरुक चौधरीले गोल गरेका थिए भने दोस्रो गोल सुनिल क्षेत्रीले ८० मिनेटमा गरे ।
नेपालका तर्फबाट ८७ मिनेटमा तेज तामाङले गोल फर्काए पनि भारत विजयी बन्यो ।
यसअघिको पहिलो खेलमा बराबरी खेलेको नेपालले घरेलु मैदानमा दोस्रो खेलमा पराजय भोग्नु पर्यो ।