
काठमाडौं । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले तत्कालीन स्वकीय सचिवकी श्रीमतीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रीको विरोध भएको छ । भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन् । बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ। पीडित महिलाले ढोका खोल्छिन् । खाटमा बस्ने बित्तिकै मन्त्री शाहीले उनलाई अंगालोमा बेर्छन्। प्रहरीको सम्पर्कमा पुगेका पीडितहरूले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन् ।