काबुल । अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले देश छोडेका छन् । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार राष्ट्रपति घानीले देश छोडेर काजिकास्तानतिर लागेको जनाएको छ ।

तालिवानीले अफगानिस्तानका अधिकांश भू-भाग आफ्नो कब्जामा लिइरहेका बेला राष्ट्रपति घानीले देश छोडेको समाचार सार्वजनिक भएको हो । यस्तै अफगान उपराष्ट्रपति पनि भागेको हुनसक्ने बीबीसीले जनाएको छ ।

अफगानिस्तानको राजधानी शहर काबुलमा तालिबानका लडाकु छिरेपछि राष्ट्रपति घानीले आपतकालीन बैठक बोलाएर राजीनामा दिने तयारी गरेको समाचार समेत बाहिर आएका थिए । समाचार एजेन्सी एएनआईका अनुसार घानीले बिद्रोही समूह तालिबानलाई सत्ता हस्तान्तरण गर्न लगेको बताएको छ । यसका साथै अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय