-ज्योति शर्मा
उर्लाबारी स्थित निर्माणाधीन वस पार्क लामो समयदेखि अलपत्र बनेको छ । उर्लाबारी-६ स्थित मावाखोला धारमा निर्माणाधीन वस पार्कको काम बजेट अभावमा रोकिंदा लामो समयदेखि अलपत्र बनेको हो ।
निर्माणाधीन वस पार्कसम्म जाने एकातर्फी सडक भएपनि निकासका लागि मावा खोला बा“धतर्फ सडक निर्माण गर्ने काम अधुरै रहेको निर्माण समितिले जनाएको छ । उर्लाबारीको भविष्यसँग जोडिएको
निर्माणाधीन वस पार्कलाई व्यवस्थित ढंगले कामसम्पन्न गर्न सरोकारवालाहरुको सुझाब छ ।
२०७१ सालदेखि निर्माण कार्य थालिएको वस पार्क लगभग एक तिहाई भन्दा काम अघि बढ्न नसकेको निर्माण समितिले जनाएको छ ।
यो बसपार्क चा“डो बन्नसके उर्लाबारीलाई हरेक क्षेत्रमा गतिलिन मद्दत पुग्ने स्थानीयबासी तारा गुरागाँईको भनाई छ । सहरी बिकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन डिभिजन विभागले सुरु गरेको निर्माणाधीन बस पार्कका लागि पर्याप्त बजेट विनियोजन नह“ुदा काम अलपत्र बनेको छ ।
बस पार्कका लागि दाताले निःशुल्क उपलब्ध गराएको १ विगाहा १३ कट्ठा जमीन संरक्षणका लागि स्थानीय अम्विका वोहोरा अध्यक्ष रहेको जग्गा खोजविन समितिले सुरुमा विनियोजन भएको ४० लाख बजेट खर्च गरेको जग्गा खोज समितिका सचिव जीवन आचार्यले बतएका छन् ।
त्यसपछि आ.व. २०७४/०७५ मा २ करोड ६५ लाख रुपैया“ले जमीन पुराइ, ढुङ्गाको घेरावारा, शौचालय निर्माण, पूर्व-पश्चिम राजमार्गदेखि निर्माणाधीन वस पार्कसम्म जाने ४ सय मीटर सडक कालोपत्रे गर्ने काम भएका थिए । आ.व.२०७६/०७७ मा छुट्याईएको ५० लाख बजेटबाट कम्पाउण्ड घेराबारा, यात्रु प्रतिक्षालय बनाईएको थियो ।
बहुवर्षीय योजना अन्तर्गत अगाडि बढेको बस पार्क निर्माणमा चालु आ.व.मा बजेट नछुट्याईएका कारण कुनै कार्य अघि बढ्न नसकेको सहरी बिकास कार्यालय बिराटनगरका योजना प्रमुख गंगाप्रसाद यादवको भनाई छ ।
बहुवर्षे योजना अन्तर्गत पूवाञ्चलकै उपक्षेत्रिय बसपार्क बन्दा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न र भविष्यको सवारी चापलाई थेग्न सक्ने बन्नुपर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ्गको भनाई छ । उर्लाबारीको गहना र प्रतिष्ठा तथा भविष्यसँग जोडिएको बस पार्क कहा“ बनाउने विषयमा यहा“का स्थानीयवासी र राजनैतिक दल बीच सुरुमा निकै रस्साकस्सी नैं चलेको उनले बताएका छन् ।
साविक उर्लाबारी-४ स्कूलडा“डा र हाल निर्माणाधीन स्थलमा बस पार्क निर्माण गर्ने बारे नगरबासी तथा वडाबासीबीच चर्का-चर्कीनै चलेको थियो । तर अहिले स्थानीय, प्रदेश र संघीय सरकारलाईनै चासो नरहेको स्थानीयको आरोप छ । जग्गाको टुङ्गो लागेर पनि निर्माणधीन बसपार्क कछुवाको गतिमा बन्ने कुराले स्थानीयवासीको मनमा खिन्नता छाएको अवस्था छ ।
यसै क्रममा उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले आगामी आर्थिक बर्षमा संघीय सरकारको बजेटबाट बस पार्कको थप काम हुने बताएका छन् ।