उर्लाबारी । नेपाली काँग्रेसको चौैधौं महाधिवेशन नजिकिँदै जाँदा केन्द्रदेखि वडासम्म उम्मेदवारी घोषणा हुन थालेको छ । यसैक्रममा मोरङको मिक्लाजुङ गाउँ समितिको सभापतिमा अरुण विक्रम बस्नेतले उम्मेदवारी घोषणा गर्नुभएको हो । आज मधुमल्लामा पत्रकार सम्मेलन गरी उहाँले गाउँ सभापतिमा उम्मेदवारी घोषणा गर्दै सबैको साथ र सहयोग पाउने आशा रहेको बताउनुभयो । कुनै गुट वा समूहबाट आफ्नो उम्मेदवारी नभएको भन्दै उहाँले मिक्लाजुङमा काँग्रेसलाई दर्विलो बनाउन अघि बढेको बताउनुभयो । ४१ बर्षीय बस्नेत नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल साविक मधुमल्लाको सभापति भई काम गरिसक्नु भएको छ ।
ADVERTISEMENT