उर्लाबारी । दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण व्यापक फैलिएसँगै मोरङको उर्लाबारीमा १० बेडको कोभिड अस्पताल बनाउन सुरु भएको छ ।
उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पहिलो चरणमा १० बेडको र क्रमशः आवश्यकता अनुसार थप गर्दै अघि बढाउने तयारी भएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । उहाँले कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेकाले तत्काल कोभिड अस्पताल सञ्चालनको तयारीमा नगरपालिका सक्रियपूर्वक लागि परेको उल्लेख गर्नुभयो । उर्लाबारीबासीहरुलाई कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनु नपरोस् भन्ने हेतुले नगरपालिकाको क्षमताले भ्याएसम्म भरपुर साथ र सहयोग रहने उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले नगरबासीहरुलाई निषेधाज्ञा पूर्ण रुपमा पालना गरी कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पनि आब्हान गर्नुभएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवाका अब जनताको घरदैलोमै पु¥याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । कोरोनाको संकटको बेला स्थानीय सरकारले खेल्नु पर्ने हरेक भूमिकामा अग्रभाग रहेर जनताको सेवामा समर्पित रहने उहाँको भनाई छ । साथै कोरोना संक्रमित बिरामी बोक्न एम्बुलेन्सको ब्यवस्था मिलाइएको उहाँले बताउनुभयो । विभिन्न ठाउँका मेयर र उपमेयरका गाडी एम्बुलेन्स बनाइएको खबर आइरहेका छन्, उर्लाबारी नगरपालिकाका गाडी चाँही के मा प्रयोग गर्नुहुन्छ ? भन्ने प्रश्नमा मेयर फागोले बिरामी बोक्न हामीले एम्बुलेन्सको नै ब्यवस्था गरेका छौं । बिरामीलाई मेयर र उपमेयरको गाडीमा राख्ने सिटहरु असहज हुन्छ, त्यसैले हामी एम्बुलेन्समै बिरामी बोक्छौं । मेयर र उपमेयरले चढ्ने गाडी पनि जनताकै करबाट किनिएको हो, त्यसैले जनहितमै परिचालन हुन्छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय