उर्लाबारी । कोरोना भाइरसको संक्रमण ब्यापक रुपमा फैलिरहेकाले जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार मध्यरातिदेखि जारी गरेको निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न नगरबासीहरुमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले अपिल गर्नुभएको छ ।
उर्लाबारीमा पनि कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेकाले नगरबासीहरुलाई अतिआवश्यक काम बाहेक घरमै बसेर निषेधाज्ञा पालन गर्न मेयर फागोले अपिल गर्नुभएको हो । कोरोना संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा बेलैमा गम्भीर नभए अझ भयावह स्थिति आउन सक्ने खतरातर्फ सबै सजग र सचेत रहनु पर्ने उहाँको भनाई छ । मोरङ जिल्लाभरि शुक्रबार रातिदेखि जेठ १ सम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय