काठमाडौं। बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको आज बिहीबार निधन भएको छ ।
छातीमा समस्या देखिएपछि उनलाई आजै बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । प्रधानको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।