उर्लाबारी । पछिल्लो समय भाइरल भन्दा राम्रो प्रतिभालाई प्राथमिकता दिनु पर्नेमा जोड दिएको छ ।
गायक सत्यनारायण लामाको कस्तो मेरो भाग्य गीतको भिडियो सावर्जनिक कार्यक्रममा बोल्दै सहभागीहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गाउँ गाउँमा लुकेर रहेका प्रतिभालाई उजागर गर्नु पर्ने बताउनुभयो । भाइरलभन्दा पनि राम्रो प्रतिभाहरुलाई छनौट गरी अवसर दिनु पर्ने उहाँको भनाई छ । उहाँले
मेयर फागोले कला, संस्कृतिको संरक्षण र प्रर्बद्धनमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बरिष्ठ लोकगायक एलपी जोशीले पनि कला, संस्कृतिको संरक्षणमा जोड दिनुभयो । त्यस्तै, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतले पछिल्लो समय भाइरलको पछि लाग्ने प्रवृत्ति बढेको बताउनुभयो । राम्रो प्रतिभाभन्दा पनि भाइरलले अवसर पाउन थालेको उहाँले बताउनुभयो ।
समाज रुपान्तरण टिभीका संस्थापक अध्यक्ष अभिषेक किराती मंगोलियनले मिडियामार्फत सामाजिक सेवाका कामहरु पनि अघि बढाएको बताउनुभयो । कार्यक्रम बर्षा राईको सभापतित्वमा भएको थियो ।