
उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो नगरलाई ब्यवस्थित र फराकिलो बनाउने अभियानमा लागि पर्नुभएको छ ।
१ सय ५ मिटरभित्र अस्थायी संरचना निर्माणमा रोक लगाउँदै सडक खाली र फराकिलो बनाउने अभियान मेयर फागो लाग्नु भएको हो । पूर्व मावा खोलादेखि पश्चिम सुनझोडा खोलासम्म सडक फराकिलो बनाउन, भित्री सडकहरुलाई ब्यवस्थित बनाउने काममा मेयर फागो लागि परेका छन् । साथै सोही क्षेत्रमा सडक बत्ती जडानको समेत तयारी गरिरहेको मेयर फागोले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकालाई नमूना बनाउन सबैको साथ र सहयोगको खाँचो रहेको मेयर फागोले बताउनुभयो ।